Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विश्वमा एकैदिन थपिए ३३ लाखभन्दा बढी कोरोना संक्रमित, ८ हजारको मृत्यु

    विश्वमा एकैदिन थपिए ३३ लाखभन्दा बढी कोरोना संक्रमित, ८ हजारको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । विश्वभर एकै दिन ३३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएका परीक्षणमा ३३ लाख १२ हजार १८५ जनामा संक्रमण पुष्टि भएको हो।

    नयाँ थपिएका संक्रमितमध्ये अमेरिकामा ५ लाख ४८ हजार, भारतमा ३ लाख ३५ हजार, फ्रान्समा ४ लाख ८ हजार र इटलीमा १ लाख ७९ हजार रहेका छन्।



    यस्तै‚ ब्राजिलमा १ लाख ६८ हजार, स्पेनमा १ लाख ४१ हजार, जर्मनीमा १ लाख ३८ हजार र अर्जेन्टिनामा १ लाख १८ हजार मानिसमा संक्रमण देखिएको छ। गत २४ घण्टामा ८ हजार १९८ जनाले कोरोना संक्रमितको मृत्यु भएको छ।



    मृत्यु हुनेमा अमेरिकामा २ हजार १९९, भारतमा ४८९, रसियामा ६९२, इटलीमा ३७३, ब्राजिलमा ३९६ र मेक्सिोकोमा २७८ जना रहेका छन्। सोही अवधिमा १५ लाख ६६ हजार मानिस संक्रमणमुक्त भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार