Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागि नहुने

    प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागि नहुने

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागि नहुने भएको छ ।

    चुनावबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागि नहुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।



    स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बोलाएका कारण आफूहरु सहभागी नहुने उनले बताए । ‘सरकारको समयमै निर्वाचन नगर्ने नियत देखियो’, ज्ञवालीले भने, ‘यो अवस्थामा सर्वदलीय बैठकमा हामी जानुको औचित्य छैन ।’



    बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार