Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्रीको सम्बोधन सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो : भट्टराई

    प्रधानमन्त्रीको सम्बोधन सुन्दा सरकार कोमामा रहेको विरामीको अवस्थामा पुगेको आभाष भयो : भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले शुक्रबार प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधनलाई ‘लाजको पसारो’को संज्ञा दिएका छन् ।

    प्रधानमन्त्रीका वक्तव्यले नै सरकार असफल भएको स्वीकारेको भन्दै उनले १२ बुँदामा टिप्पणी गरेका छन् ।



    ”प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन सुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभाष भयो,’उनले भने,’प्राण र उत्साह नभएको वक्तव्य, त्यसमाथि पनि कोरोना तेस्रो लहरले पूरै नागरिकलाई लपेटी रहेको र अबको केही हप्ता अत्यन्तै भयावह अवस्था सिर्जना हुने प्रक्षेपण भइहको सन्दर्भमा त्यसबाट आफ्ना नागरिकहरुलाई जोगाउनु, त्यसको असरका बीच अर्थतन्त्र र समाजिक जीवनलाई निरन्तरता दिने सन्दर्भमा वक्तव्य पूरै निराशाजनक रहेको छ ।”



    सरकारबाट आश गरेर होइन, आफ्नै सक्रियता र पहलबाट आफ्नो ज्यानको रक्षा गर्नुबाहेक नागरिकसंग अर्को उपाय रहेन, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार