Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • माओवादी केन्द्रको बैठक : पार्टीको संगठन, एमसीसी र चुनावबारे छलफल

    माओवादी केन्द्रको बैठक : पार्टीको संगठन, एमसीसी र चुनावबारे छलफल

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरु र बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

    शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो ।



    बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको माओवादी नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महराले बताए ।



    आजको बैठकले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक कोरोना महामारी मत्थर नभएसम्म स्थगित गर्ने, तर तत्काल कामका निमित्त अध्यक्ष कमरेडले कामहरु अघि बढाउने निर्णय गरेको छ ।

    बैठकमा निर्वाचनका बारेमा पनि छलफल भएको थियो ।
    सकेसम्म तीनवटा चुनाव एकैपटक गर्ने विषयमा छलफल चलिरहेको बताउँदै नेता महराले छलफल अझै जारी रहेको बताए । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निष्कर्षमा पुग्ने पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार