Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्रीको सम्बोधनबारे भीम रावलको टिप्पणी: ‘कसैले घाँटीमा अँठ्याए जस्तोदेखि कब्जियत भए जस्तोसम्म’

    प्रधानमन्त्रीको सम्बोधनबारे भीम रावलको टिप्पणी: ‘कसैले घाँटीमा अँठ्याए जस्तोदेखि कब्जियत भए जस्तोसम्म’

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावलले राष्ट्रका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सम्बोधनलाई टिप्पणी गर्दै राष्ट्रिय हित र स्वाधीनताका बिषयमा मौन रहेको बताएका छन्।

    प्रधानमन्त्री भएपछि पहिलोपटक शुक्रबार देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका थिए । त्यसै बिषयलाई लिएर नेता रावलले सामाजिक सञ्जालमार्फत राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको उल्लेख गरेका छन्।



    सम्बोधनबारे रावलले लेखेका छन्, ‘कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो !’



    ‘प्रधानमन्त्री देउवाको भाषण ध्यानपूर्वक पढियो। राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन !’ ट्वीटरमा रावलले लेखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार