Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • वैकल्पिक माध्यमबाट पठनपाठन गराउन काठमाडौं महानगरको निर्देशन

    वैकल्पिक माध्यमबाट पठनपाठन गराउन काठमाडौं महानगरको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ।

    केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।



    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिकरुपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो।



    पुनःनिर्देशनको बेवास्ता गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने बताइएको छ। कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्ररुपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ।

    सरकाले निर्देशनको बेवास्ता गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुणासो आएपनि कामपाले पुनः सूचना जारी गरेको र फेरि बेवास्ता गरे थप कारबाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। उनले भन, ‘महामारी नियन्त्रणमा सबैको साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत विद्याालय सञ्चालन गर्नु हुँदैन, तत्काल बन्द गरेर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुपर्छ।’

    अहिले काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको छ। उपत्यकामा दैनिक सात हजार संक्रमित देखिन थालेका छन्। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगित गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोरबिजोर प्रणाली लागू गरिसकेको छ।
    पछिल्ला केही दिनयता देशभरिमा दैनिक १० हजारभन्दा बढी कारोना भाइरस संक्रमण पुष्टि भइरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार