Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पाकिस्तानमा कोरोनाको पाँचौँ चरणको महामारी सुरु, सबै विद्यालयहरु बन्दको घोषणा

    पाकिस्तानमा कोरोनाको पाँचौँ चरणको महामारी सुरु, सबै विद्यालयहरु बन्दको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 873
    SHARES

    एजेन्सी । कोरोना भाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ ।

    महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । ‘सवै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,’ सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ ।



    पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।



    सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन् । महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ ।

    पाकिस्तानमा अहिले कोरोना भाइरसको पाँचौँ चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार