Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आहा रारा गोल्डकप : बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

    आहा रारा गोल्डकप : बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बीवाईएससी यूएसए क्बलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शनिबार पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।



    ४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोल गरेर बीवाईएसीलाई अग्रता दिलाए पनि एपीएफका रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेपछि अमेरिकी क्लब पराजित हुन पुग्यो ।



    पोखरामा चलिरहेको २० औं संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    आइतबार प्रतियोगिता अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार