Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर भन्दै रौतहटमा प्रदर्शन

    अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर भन्दै रौतहटमा प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.2K
    SHARES

    रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै रौतहटमा प्रदर्शन भएको छ ।

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघका कार्यकर्ताहरुले मन्त्री यादवको राजिनामा माग गर्दै शनिबार रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका हुन् ।



    जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँलै गौर घटना दोह्र्याउने जस्तो गैरजिम्मेवार मन्तव्य दिएको भन्दै युवा संघले मन्त्री यादवको राजीनामा मागेका छन् ।



    युवा संघका जिल्ला अध्यक्ष बालाशंकर कुश्वाहाको नेतृत्वमा युवा संघका कार्यकर्ताहरुले तुल ब्यानरसहित गौरस्थित मुख्य सडकमा प्रदर्शन गरेका हुन् ।

    गौरस्थित एमाले पार्टी कार्यालय देखि सुरुभएको र्याली ब्यारेक फिल्ड हुँदै वीपी चोकमा कोणसभा परिणत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार