Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • स्थानीय तहदेखि संघीय संसद्सम्मका निर्वाचन समयमै हुनुपर्छ : नेता सिंह

    स्थानीय तहदेखि संघीय संसद्सम्मका निर्वाचन समयमै हुनुपर्छ : नेता सिंह

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 981
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

    गणेशमान सिंह फाउन्डेसनले आज चाक्सीबारीमा आयोजना गरेको डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पण कार्यक्रममा नेता सिंहले स्थानीय तहको निर्वाचन संविधान बमोजिम हुनुपर्नेमा जोड दिए ।



    नेता सिंहले संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्त्वपूर्ण कार्य भएको बताए ।



    नेता सिंहले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपा एमालेको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र संविधान विपरीत गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्याक’ मा ल्याउन गठबन्धन बनेको प्रस्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार