Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द

    आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 786
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द हुने भएका छन् ।

    शनिबार सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले पूर्वप्रधान न्यायाधीश शर्माको निधनमा आज देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।



    आज सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द हुने छन् ।



    पूर्व प्रधानन्यायाधीश शर्माको यही माघ ५ गते ८८ वर्षको उमेरमा निधन भएको थियो। शर्मा २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार