Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • आज ६९औं विश्व कुष्ठरोग दिवस मनाइँदै, प्रत्येक वर्ष ३ हजार बढी नयाँ बिरामी थपिँदै

    आज ६९औं विश्व कुष्ठरोग दिवस मनाइँदै, प्रत्येक वर्ष ३ हजार बढी नयाँ बिरामी थपिँदै

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । आज ६९ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ ।

    कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन् ।



    नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ । कुष्ठरोग वंशाणुगत रोग भने होइन् । तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरुमा पनि देखिन सक्ने सम्भावना भने उच्च रहने चिकित्सकहरु बताउँछन् ।



    यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार