Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चुनावको मुद्धालाई दलीय स्वार्थबाट नहेरौं : डा. भट्टराई

    चुनावको मुद्धालाई दलीय स्वार्थबाट नहेरौं : डा. भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् ।

    प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् ।



    पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,-चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ?



    बिरालो बाँधेर श्राद्ध गरिरहने ? उनले प्रश्न गरेका छन् । पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार