Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विश्वकप छनोटअघि नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने

    विश्वकप छनोटअघि नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ग्लोबल छनोट अघि चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ ।

    शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।



    नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी-२० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा १७ फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो ।



    शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरी मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ । १२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४ फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार