Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडौं उपत्यकाका सबै सङ्ग्रहालय बन्द

    काठमाडौं उपत्यकाका सबै सङ्ग्रहालय बन्द

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 876
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको छ ।

    हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएका छन् ।



    काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालका अनुसार सबै कार्यालयलाई बैठकको निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको छ ।



    हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालका अनुसार प्रशासन कार्यालयको निर्णयबमोजिम शनिबारबाट सङ्ग्रहालय बन्द गरिएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार