Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मधेश प्रदेशले जारी गरेको राजपत्रबाट नेपालको ‘चुच्चे नक्सा’ हरायो

    मधेश प्रदेशले जारी गरेको राजपत्रबाट नेपालको ‘चुच्चे नक्सा’ हरायो

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । मधेश प्रदेशले शनिबार जारी गरेको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब भएको छ । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा शनिबार जारी भएको राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटिएको हो ।

    सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा जारी गरेको दुई बर्ष वितेको अवस्था हुदाँ हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको छ ।



    मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सर्वाधिक चासोको रुपमा हेरिएको छ ।



    मदेस प्रदेशले हिजो मात्रै नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी भएको राजपत्र सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार