Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मोरङमा फिल्मी शैलीमा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार, अवस्था गम्भीर !

    मोरङमा फिल्मी शैलीमा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार, अवस्था गम्भीर !

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-४ बलियामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार शुक्रबार साँझ इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।



    प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार छन् ।



    घटना के थियो ?
    मोरङ प्रहरी स्रोतका अनुसार बेलबारी नगरपालिका-४ की ३० वर्षीया महिला शुक्रबार साँझ कामबाट गछियास्थित बहिनीको घर फर्कदै थिइन्। इटहरीबाट बस चढेर ६ बजे गछियासम्म पुगएकी उनले बहिनीको घरसम्म पुग्ने बाटो भने बिर्सीइन्।

    बाटोमा भेटिएका रामबहादुर नेपालीले भन्नेलाई पीडित महिलाले बाटो सोधिन् । रामबहादुरले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २-०१-००१ च २२७ नम्बरको गाडीमा चढाए । तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा-४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे । सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

    बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ । उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी रहेको छ।

    प्रहरीका अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ र सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पक्राउ गरेको छ । बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार