Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्लाहीमा तातो रक्सीमा डुबेर बालकको मृत्यु, आमा घाइते

    सर्लाहीमा तातो रक्सीमा डुबेर बालकको मृत्यु, आमा घाइते

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 939
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ८ बेतालीमा तोतो रक्सीमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ । उनका आमा आइते भएकी छन् ।

    शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा खसेका थिए ।



    बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल लगिएको थियो । नमूनामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पोलेको छ । बालकका बुवा रोजगारीको शिलशिलामा विदेशमा छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार