Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गौर काण्ड दोहोर्याउने मन्त्री यादवको अभिव्यक्ति:

    मन्त्री यादवलाई बर्खास्त गरी तत्काल गिरफ्तार गर्न युवा संघको माग

    मन्त्री यादवलाई बर्खास्त गरी तत्काल गिरफ्तार गर्न युवा संघको माग

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहोर्याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ ।

    आइतबार संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक मानसिकताविरुद्ध एकजुट हुन आह्वान समेत गरेका छन् ।



    ‘मन्त्री यादवको अपराधीक मानसिकता, हत्या हिंसा भड्काउने अभिव्यक्ति कुनै पनि मानेमा क्षमा दिन योग्य छैन,’ विज्ञप्तिमा लेखिएको छ, ‘उहाँले २०६३ चैत ७ गते गौरमा भएकी नगरसंहार आफ्नो पार्टीले गरेकोमा गौरव घोषणा गरेकोले हामी यसलाई प्रमाणको रुपमा लिएर तत्काल मन्त्री पदबाट खारेजगरी गिरफ्तारगरी आवस्यक कार्वाही गरियोस् नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं।’



    मन्त्री यादवले केहीदिन अघि रौतहटमा आयोजित एक कार्यक्रमको सम्बोधनमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिँदै हिंसात्मक अभिव्यक्ति दिएकी थिइन्। उक्त अभियक्तिलाई लिएर मन्त्री यादवको चर्को आलोचना भइरहेको छ।

    हेर्नुहोस् विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार