Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सरकारको छ महिने समीक्षा गर्दै ओलीले १५ बुँदामा भने- गठबन्धनका कारण मुलुक गहिरो संकटतिर धकेलियो (पूर्णपाठ)

    सरकारको छ महिने समीक्षा गर्दै ओलीले १५ बुँदामा भने- गठबन्धनका कारण मुलुक गहिरो संकटतिर धकेलियो (पूर्णपाठ)

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 783
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण मुलुक गहिरो संङ्कटतिर धकेलिँदै गएको आरोप लगाएका छन् ।

    एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको ६ महिनाको समीक्षा गर्दै मुलुक गहिरो संकटतर्फ फस्दै गएको बताए ।



    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आइतबार एक विज्ञप्ति जारी गर्दै शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, कुटनीतिक सम्बन्ध र शान्ति सुरक्षाको अवस्था समस्याग्रस्त बन्दै गएको बताएका छन् ।



    यस्तै, ओलीले स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने उल्लेख गरेका छन्।

    ‘हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’, अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    हेर्नुहोस् विज्ञप्ति:

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार