Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण खेलका लागि मोरिससको टोली काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि अफ्रिकी देश मोरिससको टोली काठमाडौं आइपुगेको छ ।

सोमबार नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ ।

पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसको भनाइ छ।

मोरिसससँगको खेल आगामी माघ १५ र १८ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल आईपुगेको टोलीको कोरोना परिक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077