Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • न घोडा न गाडी, बेहुली लिन जेसीबी लिएर पुगे बेहुला

    न घोडा न गाडी, बेहुली लिन जेसीबी लिएर पुगे बेहुला

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । अहिले बिहेको सिजन चलिरहेको छ । विवाहको लागि टाढा टाढाबाट बेहुलासहितका मानिसहरू जन्ती लिएर बेहुली लिन जाने गर्दछन् । तर, यहीबीचमा एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ । जहाँ एक बेहुला बेहुलीलाई लिन जेसीबी मेसिन लिएर बेहुलीको घर पुगेका छन् ।

    मिडिया रिपोर्टका अनुसार यो घटना गत आइतबार भारतको गिरिपार क्षेत्रस्थित संग्राह गाउँको हो । आइतबार बिहान साँग्राबाट रत्वा गाउँका लागि बेहुला जन्तीसहित बेहुली लिन निस्किएका थिए । तर, भारी हिमपातका कारण जन्ती जाने अगाडिको बाटो बन्द भएकोले त्यहाँबाट अगाडि जान असम्भव थियो ।



    यो सबै भएपछि बेहुलाका बुबा जगत सिंहले अगाडि जानको लागि जेसीबी मेसिनको व्यवस्था गरे, जसमा बेहुलाले ३० किलोमिटर यात्रा गरे । दुलहा विजय प्रकाश, भाइ सुरेन्द्र, बुबा जगत सिंह र फोटोग्राफर जेसीबीमा बसेर रातवा गाउँ पुगे । त्यसपछि त्यहाँ विवाहको सबै विधि पूरा गरी सबै दुलही लिएर फर्किए ।



    मुहूर्तअनुसार बिहान आठ बजे बेहुलीको घर पुग्ने भए पनि गट्टाधर सङ्ग्राह सडकमा भारी हिमपातका कारण धेरै ठाउँमा पैदल यात्रा गर्नुपरेको थियो। सामान्यतया: दुई घण्टामा तय गरिने सो रुट हिमपातका कारण बन्द भएपछि करिब १२ घण्टा लागेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार