Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सीके राउतका कार्यकर्ताद्वारा जनकपुरमा सरकारी गाडी तोडफोड, मेयर प्रसाई घाइते

    सीके राउतका कार्यकर्ताद्वारा जनकपुरमा सरकारी गाडी तोडफोड, मेयर प्रसाई घाइते

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् ।

    सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल सवार थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै गर्दा उनीरुमाथि सिके राउतका कार्यर्ताहरुले आक्रामण गरेका थिए ।



    त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।



    जनमत पार्टीका कार्यकर्ताहरुले आज (बुधबार) बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

    उनीहरु राष्ट्रिय सभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार