Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा थपिए ८ हजार १७ कोरोना संक्रमित, १५ जनाको मृत्यु

    नेपालमा थपिए ८ हजार १७ कोरोना संक्रमित, १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालमा थप ८ हजार १७ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा थप ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।



    गत २४ घण्टामा १५ हजार ७३६ नमूनाको पीसीआर र ६ हजार ७२ नमूनाको एन्टिजेन परीक्षण गरिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५ हजार ८१६ जना र एन्टिजेन परीक्षणबाट २ हजार २०१ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, गत २४ घण्टाको अवधिमा ५ हजार २९२ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । साथै पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार