Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बाजुराका कार्कीको ठगी धन्दा: बैंकिङ कसुरदेखि बैदेशिक रोजगारसम्म, 'नाम एक काम अनेक'


काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर,  बैदेशिक रोजगार र ठगी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुरा बुढीनन्दा न.पा-१ घर भइ हाल काठमाडौँ  बुढानिलकण्ठ बस्ने ४४ बर्षीय  बिष्णु बहादुर कार्की रहेका छन् ।

महाशाखाका अनुसार उच्च अदालत पाटनको विसं २०७७ माघ ०६ गतेको फैसलापछि ७ दिन कैद र बिगोबमोजिम २७ लाख जरिवानापछि फरार रहेका उनी बिहीबार दिउँसो बुढानिलकण्ठबाट पक्राउ परेका हुन्।

यस्तै, कार्कीलाई जिल्ला अदालत काठमाडौँले २०६० पुष १० गते  बैदेशिक रोजगार मुद्धामा ३ बर्ष कैद र दुई लाख पचास हजार जरिवाना साथै बैकिङ् कसुर मुद्धामा १ बर्ष कैद  र एक लाख उन्नसाठी हजार जरिवाना तोकेको थियो।

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको महाशाखाले जनाएको छ।




साथै गुरुङले बिभिन्न ब्यक्तिहरुलाई एयरलाईन्समा पाईलटको जागिर लगाईदिन्छु, डिमाण्ड ड्राफ्ट (DD) बनाई दिन्छुलगायतका बहानामा समेत ठगी गर्ने गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाको दाबी छ।


महाशाखाले यदी कोही कार्कीबाट ठगिएको भए कार्यालयमा सम्पर्क राख्न समेत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077