Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दिल्लीमा २० बर्षिया महिलामाथि सामूहिक बलात्कार, नौ जना महिलासहित ११ पक्राउ

    दिल्लीमा २० बर्षिया महिलामाथि सामूहिक बलात्कार, नौ जना महिलासहित ११ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको शाहदरा क्षेत्रको कस्तुरबा नगरमा एक महिलाको अपहरण र सामूहिक बलात्कारको आरोपमा प्रहरीले अहिलेसम्म ११ जनालाई पक्राउ गरेको छ ।

    महिलाको टाउको खौराएर, अनुहारमा कालो मसी लगाएर जुत्ताको माला लगाएर सडकमा तमाशा सृजना गरिएको आरोप छ । पीडितको उमेर २० वर्ष रहेको बताइएको छ ।



    दिल्ली प्रहरीले शुक्रबार भने कि एफआईआरमा ११ जनालाई नाम दिइएको छ । पक्राउ पर्नेमा नौ महिला पनि छन् । दिल्ली प्रहरीले पनि छिट्टै थप पक्राउ पर्ने बताएको छ।



    समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार बुधबार महिलाका पतिले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए।  उनी घटनास्थलमा नदेखिए पनि घरधनीले जानकारी दिएका थिए ।

    घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर महिलालाई उद्धार गरी प्रहरी चौकीमा ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले आईपीसीको विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ। यसमा सामुहिक बलात्कार, कुटपिट, यौन दुव्र्यवहार, आपराधिक षड्यन्त्रको आरोप पनि समावेश छ।

    महिलाकी बहिनीले समाचार एजेन्सी पीटीआईलाई बताइन् कि छिमेकका एक केटाले गत वर्ष नोभेम्बरमा आत्महत्या गरेको थियो । केटाले आफू त्यो केटीसँग प्रेममा रहेको दाबी गरेको छ । उनले भने, ‘त्यो केटाको घरका मानिसहरूले छोराको मृत्युको लागि मेरी बहिनीलाई दोष लगाउने गर्थे।’

    महिलाकी कान्छी बहिनीले गत नोभेम्बरदेखि आफूलाई धम्की र दुव्र्यवहार भइरहेको बताएकी छन् । नोभेम्बरमा नै पीडितले अस्वीकार गरेपछि एक आरोपीका छोराले रेलवे ट्र्याकमा आत्महत्या गरेका थिए।

    पीटीआई रिपोर्टका अनुसार परिवारले बदला लिने वाचा गरेको कथित छ। बुधबार दिदीलाई गहुँ दिन आएको महिलाकी बहिनीले बताइन् । उसलाई थाहा थिएन कि कोही मानिसहरू उसलाई पछ्याउँछन् । कसैको हातमा लट्ठी र एक महिलाको हातमा कैंची थियो ।

    उनले भने, ‘मैले प्रहरीमा खबर गर्न नपरोस् भनेर मेरो मोबाइल खोस्यो। मेरो आँखाको अगाडि अटोमा बहिनीलाई अपहरण गर्‍यो। कारभित्रै मेरी बहिनीको कपाल काट्न थाले। उसलाई घरभित्र लगियो र ताला लगाइयो। उसको टाउको खौरिएको थियो। उसलाई नराम्रो कुटपिट गरियो र मेरी बहिनीलाई गलत काम गर्यो।’

    आरोपितले भतिजालाई पनि अपहरण गरेको तर आफूले कसैबाट बचाउन सफल भएको उनले बताइन् । उनले भतिजालाई घरमा लुकाएर राखेको र ज्यान खतरामा रहेको बताए । घटनाबारे दिल्ली प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार