Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • माघ महिनाभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    माघ महिनाभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गर्ने निर्णय गरेको छ।

    सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुने सीसीएमसी स्रोतको भनाइ छ।



    यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो । कोभिड संक्रमणको जोखिम कम नभएका कारण शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन लागिएको हो।



    पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ पाँच/छ हजार माथि रहेको छ । यस्तै, आजको रिपोर्ट अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नजिक रहेको छ ।

    यता, काठमाडौँ उपत्यकामा संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासनले सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू समेत गरेको छ भने नाइट क्लवदेखि, जिमखान, फिल्महललगायतका क्षेत्रहरु बन्द छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार