Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सत्तागठबन्धनको दोस्रो बैठक बालुवाटारमा जारी, स्थानीय चुनावको मिति तोक्नसक्ने

    सत्तागठबन्धनको दोस्रो बैठक बालुवाटारमा जारी, स्थानीय चुनावको मिति तोक्नसक्ने

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । स्थानीय निर्वाचनबारे ठोस निर्णय गर्न सत्ता गठबन्धनको दोस्रो बैठक सुरु भएको छ । स्थानीय तह चुनावबारे छलफल गर्न सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक आजै दोस्रोपटक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको हो ।

    आज बिहान बसेको गठबन्धनको बैठकमा समयमै चुनाव गर्नेबारे नेताहरुबीच सकारात्मक छलफल भएको थियो । बैठकले स्थानीय तह चुनावको मिति तोक्नसक्ने पनि बताइएको छ ।



    नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् दबाबमा छन् । चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ ।



    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै स्थानीय तह निर्वाचन गर्न सरकारलाई निरन्तर दाबाब दिइरहेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले पनि समयमै निर्वाचन गर्न लिखित रुपमै प्रधानमन्त्री देउवालाई आग्रह गरिसकेकी छन् ।

    बैठकमा नेताहरूबीच सहमति जुटाएर आगामी वैशाख या जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने तयारी भएको बुझिएको छ । यसअघि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनु उपयुक्त हुने बारेमा छलफल भए पनि ठोस सहमति जुटेको थिएन ।

    सहमति जुटे स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समय पछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा व्यापक विरोध भएपछि नेताहरू पछि हट्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा पुगेका हुन् ।

    गठबन्धनमा नेपाली काँग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद् लगायतले असहमति जनाएपछि खास गरी नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र वैशाख या जेठ महिनाभित्र चुनाव गर्न सकारात्मक भएका हुन् ।

    बैठकमा काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी छन् । आजको दोस्रो बैठकले स्थानीय तहको मितिका बारेमा टुङ्गो लगाएर सरकारलाई तोक्न सुझाव दिनेछ । त्यसपछि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति टुङ्गो लगाउने तयारी छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार