Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कैलालीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण भएको पुष्टि

    कैलालीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण भएको पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.5K
    SHARES

    कैलाली । यहि माघ १२ गते बुधबार धनगढीमा मृत फेला परेका प्रहरी हवल्दारलाई कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

    सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका थिए ।



    मृत्युपछि पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण समेत गरिएकाले उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।



    मृतक जोशीको पोस्टमार्टम रिपोर्ट आइनसकेको र शवबाट लिइएका नमूना भिसेरा परीक्षणका लागि समेत पठाइएका समेत प्रहरी नायब उपरीक्षक जोशीले बताए। अब सबै रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने उनले बताए ।

    अनुसन्धान जारी रहेकोे समेत प्रहरीले जनाएको छ । प्रहरी हवल्दार जोशी धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा बस्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार