Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • 'अप्रेशन लिमा'

    भारतीयसँग मिलेर डेढ करोडको नक्कली मदिरा बिक्री, बख्रेल मुख्य योजनाकार

    भारतीयसँग मिलेर डेढ करोडको नक्कली मदिरा बिक्री, बख्रेल मुख्य योजनाकार

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले करोडौंको राजश्व छली गर्दै भारतबाट नक्कली मदिरा आयात गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा पर्सा गादी-८ घर भइ काठमाडौँ कपन बस्ने ३९ बर्षीय सन्तोषचन्द्र बख्रेल, काठमाडौं कागेश्वरी-६ का ३० बर्षीय शैलेन्द्र पन्त, पर्सा सुवर्णपुर-५ घर भइ काठमाडौँ हाँडीगाउँ बस्ने २८ बर्षिय रवीन पाख्रिन र सर्लाही वरहथवा-०९ घर भइ चाबहिल बस्ने ३८ बर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।



    महाशाखाका अनुसार उनीहरुको साथबाट नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का समेत बरामद गरिएको छ । काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट २९६ कार्टुन मदिरा बरामद गरिएको महाशाखाको भनाइ छ।



    बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको महाशाखाले जनाएको छ । भारतबाट मदिरा चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाले मदिराविरुद्धको अपरेसन चलाएको थियो। उक्त अप्रेशनलाई ‘अप्रेशन लिमा’ नाम दिएको थियो ।

    भारतीय र नेपाली नागरिकको मिलेमतोमा सो मदिराहरू भारतबाट नेपाल भित्र्याउने गरेको अनुसन्धानमा खुलेको महाशाखाको भनाइ छ । यस कारोबारका मुख्य योजनाकार बख्रेल रहेको अनुसन्धानमा खुलेको महाशाखाको दाबी छ ।

    महाशाखाले बरामद गरिएको मदिराको गुणस्तर परीक्षणका लागि पठाएको र  चारै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “भारतीयसँग मिलेर डेढ करोडको नक्कली मदिरा बिक्री, बख्रेल मुख्य योजनाकार”

    1. […] । भारतीयहरुसँग मिलेर डेढ करोड बराबरको नक्कली मदिरा बिक्री गरेको आरोपमा पक्राउ परेका विइङ […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार