Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना परीक्षणको विवरण पठाउन महाशाखाको आग्रह

    कोरोना परीक्षणको विवरण पठाउन महाशाखाको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रयोगशाला बाहिर गरिएको कोरोना परीक्षणको विवरण पठाउन आग्रह गरेको छ।

    मन्त्रालयका निर्देशक कृष्णप्रसाद पौडेलले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु किनेर कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएमा उक्त विषयको जानकारीका लागि यस्तो आग्रह गरेका हुन्।



    प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको जानकारी प्राप्त नभएको र जसले गर्दा महामारी व्यवस्थापनका लागि संक्रमितको तथ्यांक प्राप्त हुन नसकेको महाशाखाको भनाइ छ।



    महाशाखाले उक्त विवरण इमेल तथा कल सेन्टरको निस्शुल्क नम्बर १११५ मा एसएमएस गर्न अनुरोध गरेको छ।

    यस्तो छ महाशाखाको अपिल:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार