Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • हराएको २४ लाख डोज खोप खोज्न मन्त्रालयले बनायो छानविन टोली

    हराएको २४ लाख डोज खोप खोज्न मन्त्रालयले बनायो छानविन टोली

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको हराएको २४ लाख डोज खोपको विषयमा छानविन गर्न समिति बनाएको छ ।

    मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको हो ।



    डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा छानविन समितिमा रहेका छन् ।

    सो समितिले दुई हप्तामा खोपको अभिलेखको बारेमा छानविन गर्नेछ । मन्त्रालयको तथ्यांकमा २४ लाख डोज खोप विवरण नभेटिएपछि विरोध हुन थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार