Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आगामी चार दिनभित्र खोपको पूर्ण विवरण पठाउन मन्त्रालयको निर्देशन

    आगामी चार दिनभित्र खोपको पूर्ण विवरण पठाउन मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ २१ गते शुक्रबार दिउँसो ४ बजेभित्र कोरोना भाइरसविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

    आइतबार बसेको मन्त्रिस्तरीय बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई शुक्रबार दिउँसो ४ बजेभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो।



    यसअघि अभिलेख नराखी २४ लाख खोप हराएको समाचार बाहिरिएसँगै मन्त्रालयले खोप अभिलेख सम्बन्धमा छानविन गर्न समिति गठन गरेको जनाएको छ।



    यस्तो छ सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार