Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेपालमा एकै दिन ८ लाखभन्दा बढीलाई लगाइयो कोरोनाविरुद्धको खोप

    नेपालमा एकै दिन ८ लाखभन्दा बढीलाई लगाइयो कोरोनाविरुद्धको खोप

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार एकै दिन आठ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्।



    यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ लगाउनेको संख्या चार लाख ८४ हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ।



    सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो। हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार