Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इन्जिनियरिङतर्फका २२ जना उपसचिवमा बढुवा सिफारिस [नामावलीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इन्जिनियरिङतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा सिफारिस गरेको हो ।

जनरल उपसमूहबाट दीपककुमार मिश्र, सागरराम नेपाल, हुतराज चौहान, राकेशराज मिश्र, ओमकुमार साह, विनोद शाक्य, लक्ष्मीप्रसाद भण्डारी, नवराज पौडेल र प्रेमनारायण बस्याल उपसचिवमा बढुवा सिफारिस भएका छन् ।

हाइवे उपसमूहबाट रमेश चौधरी, आरती साह, गागलबहादुर भण्डारी, सजना अधिकारी, सविन जोशी, ध्रुवकुमार झा, राधिका प्रजापति श्रेष्ठ, विष्णुवाबु पाण्डे, त्रिलोकनाथ घिमिरे, उज्जवल श्रेष्ठ, नरेन्द्रप्रसाद भट्ट, जगत प्रजापति र अरुणकुमार लाल कर्णलाई मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077