Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सरकारको तयारी

    फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सरकारको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालयहरु आगामी फागुन १ गतेबाट पुन: सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिइएको छ ।

    शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालबीच भएको छलफलमा उक्त सुझाव दिइएको हो ।



    छलफलमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम भएका क्षेत्रमा फागुन १ गतेदेखि विद्यालय खोल्ने निष्कर्ष निकालिएको छ । तर, यसको थप निर्णय भने सीसीएमसीको बैठकले लिने बताइएको छ।



    मन्त्रालयका अनुसार आगामी आइतबार सीसीएमसीको बैठक बस्ने छ । कोरोना संक्रमणदर बढेपछि सरकारले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । यद्यपि जोखिम कायमै भएपछि माघ मसान्तसम्म विद्यालयहरु बन्द गरिएको छ।

    यसअघि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माघ १२ गते शिक्षामन्त्री पौडेललाई भेटेर माघ २३ पछि विद्यालय खोल्न दिनुपर्ने माग गरेको थियो।

    छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधी सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार