Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको पहुँच पुगिसकेको छ

    ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको पहुँच पुगिसकेको छ

    प्रतिभा बैद्य
  • शनिबार, २२ माघ २०७८
  • 3.1K
    SHARES

    बिक्रम सम्बत २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो स्थापनाको गौरवमय १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । यस यात्रामा शुभकामना, सहयोग र सद्भाव प्रदान गरी निरन्तर हौसला प्रदान गर्नुहुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल सरकारका निकायहरु, संचालक समिति, नियामक निकाय, कम्पनीका ग्राहकवर्ग, शेयरधनी, बिबिध सेवा सञ्चालनमा सहयोग पुर्याउने आपूर्तिकर्ताहरु, डिलरहरु, व्यावसायिक साझेदारहरु लगायत विभिन्न निकायहरु, बिभिन्न मिडिया तथा पत्रकारहरू, कम्पनीका कर्मचारीहरु तथा शुभेच्छुक महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयात्राको अपेक्षा गर्दछु ।

    विगत दुई वर्ष देखि COVID 19 को महामारीको कारणले विश्व नै आक्रान्त भइरहेको र सो को असर निःसन्देह मुलुक र कम्पनीलाई परिरहेको अवस्थामा समेत कम्पनीको सेवाहरुलाई अबिच्छिन्न रुपमा संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरु, व्यावसायिक साझेदारहरु, आपूर्तिकर्ताहरु तथा डिलरहरूबाट प्रदर्शित जिम्मेवारी बोध सहितको सहयोग एवम् ग्राहकवर्गबाट प्राप्त अपार माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।



    कम्पनीको प्रगतिको तुलनात्मक तथ्याङ्क हेर्ने हो भने
    १८ वर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेकोमा, २०७८ मंसिर मसान्त सम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख नाघिसकेको छ । यसको अर्थ, हाल मुलुकको करिव ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।



    यसैगरी COVID 19 बाट सिर्जना भएको असहज परिस्थितिका बाबजुद आ.व. २०७७/७८ मा कम्पनीको कुल आय रु ४२ अर्व २१ करोड पुगेको छ भने, कम्पनीको खुद मुनाफा रु ७ अर्व १३ करोड भएको छ । चालु आ व को पौष मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजश्व प्राप्त गरेको छ, जुन गत आ.व. को पहिलो अर्धवार्षिक अवधिको तुलनामा ५.७५ प्रतिशतले बृद्धि भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पु¥याएको योगदान हेर्ने हो भने आ.व. २०७७/७८ मा Income Tax, Value Added Tax, Telecom Service Charge, Ownership Tax, Customs Duty, Royalty, RTDF, Dividend, Property & Vehicle Tax लगायतका कर तथा गैह्रकर गरी कम्पनीले रु २७ अर्व ७३ करोड रकम योगदान गरेको थियो भने यस आ. व. मा समेत उक्त योगदान बढ्ने अपेक्षा गरिएको छ ।

    कम्पनीको सेवा विस्तार सम्बन्धमा
    भ्वाइस सेवातर्फ; २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको ग्राहक आधार २ करोड २७ लाख भन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमए सेवाका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख २९ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक १ लाख ७४ हजार तथा एफटीटीएच.डाटा सेवाका ग्राहक १ लाख ५९ हजार रहेका छन् । २०७८ कार्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको MIS Report अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ ।

    इन्टरनेट डाटा सेवातर्फ २०७८ मंसिर महिनाको अन्त्यसम्ममा कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता कुल २ करोड २० लाख ९७ हजार भन्दा बढी पुगेका छन् । सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १६ लाख ४५ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता १ लाख ३१ हजार ७ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता १ लाख ५९ हजार र WiMAX सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् । GSM 4G तर्फ हालसम्म करिव ८१ लाख ७४ हजार ग्राहक पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको छ ।

    4G/LTE  आयोजना सम्बन्धमाः कम्पनीले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाइ आफ्नो बजार हिस्सालाई मजबुत गरी ब्याबसायिक उदेश्य हासिल गर्न सेवा बिस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिंदै आइरहेको छ । यसै सन्दर्भमा कम्पनीले वायरलेस ब्रोडब्याण्ड अर्थात् 4G/LTE सेवालाई देशब्यापी रुपमा संचालन एवं विस्तार गरिरहेको छ । हालसम्म ७७ जिल्ला तथा ७२० स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने कुल ४,१८६ स्थान मध्ये ३,८१६ (९१ प्रतिशत) स्थानमा आयोजनाको कार्य पुरा भैसकेको छ । कोर नेटवर्क तर्फ कुल भौतिक प्रगति ९५ प्रतिशत छ । यसै आयोजना अन्तर्गत ६४० नयाँ टावरमध्ये ५०१ टावरको जडान सम्पन्न भई सो मध्ये ४५१ टावरबाट सेवा संचालनमा आइसकेको छ ।

    4G/LTE नेटवर्क विस्तारसँगै 4G डाटाको खपतमा उल्लेखनीय बृद्धि भएको छ र डाटा सेवामा 2G, 3G  सेवामा भन्दा 4G सेवाको हिस्सा बढ्दो क्रममा रहेको छ । 4G voice अर्थात् VoLT सेवा परीक्षणको रुपमा संचालन गरी ग्राहक आधार १० लाख भन्दा बढी पुगिसकेको छ । जसमा Active ग्राहक १ लाख ६० हजार भन्दा बढी छ ) र बजारमा VOLTE support गर्ने Handset को बृद्धिसँगै यसको ग्राहक पनि बढ्दै जाने अपेक्षा गरिएको छ । कम्पनीको १८ औं बार्षिकोत्सवको उपलक्ष्यमा आजैबाट VoLTE सेवाको व्यवसायिक संचालन गरिंदैछ ।

    5G तर्फः 5G सेवा परिक्षणकोलागि नेपाल दूरसंचार प्राधिकरणबाट स्वीकृति प्राप्त भई परिक्षण सम्बन्धी कार्यविधि बमोजिम सेवा परिक्षणको लागि आपूर्तिकर्ताहरुसंग समन्वय भईरहेको छ :
    FTTH आयोजना सम्बन्धमाः कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने Fiber to The Home (FTTH) सेवाको योजनालाई चालु आर्थिक वर्षमा निरन्तरता दिदै सेवा विस्तार तीव्र रुपमा गरिरहेको छ । हालसम्म यो सेवा ६३ जिल्लामा पुगिसकेको छ । नेपाल टेलिकमले चा.लु. आ.ब. ०७८/७९ लाई FTTH बर्ष घोषणा गरी करिब ४ लाख लाइनको वितरण योग्य Network विस्तार तथा Migration र नयाँ गरी २ लाख २६ हजार FTTH लाइन वितरण गर्ने लक्ष्य लिएको छ । चालु आ.व. को पौष मसान्त सम्मको ६ महिनाको अवधिमा करिब १ लाख ९९ हजार वितरण योग्य Network तयार गरिसकिएको छ । सेवा वितरण तर्फ यसै आ.व.मा करिब ६१ हजार ८ सय थप ग्राहकलाई FTTH Network मा आबद्ध गरिसकेको छ ।

    पूर्वाधार विकास तर्फ :
    मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकाहरुलाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म १ हजार १ सय १२ किमी (५९.१६%) कार्य सम्पन्न भएको, २६ स्थानमा High Capacity DWDM System जडान भई २४ स्थानमा संचालनमा ल्याइसकेको तथा सम्पूर्ण ४७ स्थानमा Core Router जडान कार्य सम्पन्न भइसकेको छ्र । कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । उक्त क्षेत्रमा हालसम्म १०० किमी फाइबर विस्तार भएको, २२ स्थानमा DWDM System जडान भई १६ स्थानमा संचालनमा ल्याउने कार्य जारी रहेको र Core Router जडान कार्य समेत शुरु भएको छ ।

    यस पूर्बाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी नेपाल सरकारको Digital Nepal Framework को अवधारणा कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न महत्वपूर्ण योगदान दिने बिश्वास लिएको छु ।

    मोबाइल बैङ्किङ तर्फ :
    नेपाली नागरिकहरुलाई वित्तीय पहुँच सहज रुपमा पु¥याउने उदेश्यले नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सहायक कम्पनी स्थापना गरी ‘नमस्ते पे’ सेवा संचालनमा ल्याइसकेको छ । प्रथम चरणका सेवाहरुको रुपमा बैंकबाट वालेटमा टपअप गर्ने, दूरसञ्चार सेवाको रिचार्ज गर्ने, बिद्युत तथा खानेपानीको महसुल तिर्ने लगायतका सेवाहरु उपलब्ध भइसकेका छन् । हाल यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरु थप गर्ने कार्य भइरहेको छ । आगामी दिनमा बस तथा हवाईजहाज टिकट खरिद गर्ने, इन्टरनेट, टिभी, स्कुल कलेजको बिल तिर्ने लगायतका सेवाहरु थप्ने कार्य योजना रहेको छ । Digital Nepal Framework कार्यान्वयन, Cashless Society को परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्नमा यसले महत्वपूर्ण योगदान दिनेछ ।

    कर्मचारी विनियमावली तर्फः
    कम्पनीका कर्मचारीहरुको बृत्ति बिकास तथा सेवा सुबिधा सम्बन्धी व्यवस्था समाबेश भएको कम्पनीको नयाँ कर्मचारी बिनियामवाली, २०७८ कार्यन्वयनमा आएको छ । कम्पनीको नयाँ सांगठनिक संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत भएको र यससँगै बिगत चार वर्षदेखि रोकिएको पदपूर्तिको प्रक्रिया अघि बढेकोले कर्मचारीहरुलाई बृत्तिबिकासको अवसर प्राप्त भएको छ । आगामी दिनमा दरबन्दी बमोजिम कर्मचारीहरुको पदस्थापन गर्ने, कार्य सम्पादनको आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, तालिम÷ वर्कसप÷ सेमिनार आदिमा सहभागी गराउने, पदपूर्तिको लागि समय तालिका बमोजिम बिज्ञापन गर्ने र कर्मचारीलाई प्रबिधिमैत्री बनाउने कार्ययोजना रहेको छ ।
    कम्पनीको १८ औं बार्षिकोत्सवको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) तर्फ कम्पनीले निम्न कार्यक्रमहरु तय गरेको छ :

    १. सातै प्रदेशका एक एक वटा अनाथाश्रम र बृद्धाश्रमहरु छनौट गरी (जम्मा १४ वटा) आश्रममा FTTH (25 Mbps+Voice+ NT TV) Triple play Package १ बर्षको लागि निःशुल्क सेवा उपलब्ध गराउने र १४ वटा TV सेट समेत जडान गरी दिने र बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको लागि स्वास्थ्यमा सघाउ पुग्ने खालका सामाग्री जस्तै Exercise Machine उपलब्ध गराउने । कर्णाली प्रदेश लगायत पिछडिएका क्षेत्रहरुका सरकारी र सामुदायिक बिद्यालयहरुमा महिला स्वास्थ्यमा सहयोग पुग्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने ।

    २. सातै प्रदेशका कम्तिमा एक एकवटा सरकारी र सामुदायिक बिद्यालयहरुमा खेलकुद सामग्री बितरण गर्ने । कम्पनीको FTTH पुगेका स्थानका ५० वटा सरकारी र सामुदायिक बिद्यालयमा एक बर्षको लागि 25 Mbps Speed को FTTH इन्टरनेट निःशुल्क उपलब्ध गराउने ।

    ३. अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता सम्बन्धी महासंघको सिफारिशमा CTEVT सँग समन्वय गरी सीपमूलक तालीम संचालन गर्ने ।

    ४. सातै प्रदेशका एक एक वटा धार्मिक, साँस्कृतिक सम्पदा वा सार्वजनिक क्षेत्रमा सरसफाई कार्यका लागि प्रयोग हुने सामग्रीहरु (Dustbin,  Bench) आदि सहयोग गर्ने जसमा प्रदेश १ को पाथीभरा मन्दिर, मधेश प्रदेशको जानकी मन्दिर, बाग्मती प्रदेशको पलाञ्चोक भगबती, गण्डकी प्रदेशको मनकामना मन्दिर, लुम्विनी प्रदेशको स्वर्गद्वारी, कर्णाली प्रदेशको सुर्खेत स्थित देउतीबजै, सुदूरपश्चिम प्रदेशको टिकापुर पार्क रहेका छन् । साथै सदर चिडियाखाना, जावलाखेलमा रहेका एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ बर्ष सम्म आहाराको प्रायोजन गरिने छ ।

    साथै, वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले निम्नानुसार सम्मान तथा पुरस्कारको व्यवस्था गरेको छ ः
    १. मिति २०७७ माघ ०१ गतेदेखि २०७८ पौष मसान्त सम्ममा रिचार्ज सेवा तर्फ तोकिएको लक्ष्य पुरा गरी सबैभन्दा बढी रकमको कारोबार गर्ने सात वटै क्षेत्रहरुबाट एक÷ एक जना गरी ७ जना र ःएइक् तर्फ एक जना गरी जम्मा ८ जना डिलरहरुलाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको मोवाइलमा १ बर्ष सम्मको लागि मासिक रु.१,४९९।– को सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने ।

    २. मिति २०७७ माघ ०१ गतेदेखि २०७८ पौष मसान्त सम्मको कम्पनीका सेवाहरु Mobile Postpaid & Mobile Prepaid, PSTN, Leased Line, FTTH प्रयोगका आधारमा सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकहरु एक एक जना गरी जम्मा ५ जनालाई कदरपत्र सहित सम्मान गर्ने र निजहरुले प्रयोग गर्ने नेपाल टेलिकमको मोवाइलमा १ बर्ष सम्मको लागि मासिक रु.१,४९९।– सजिलो अनलिमिटेड रेन्टल प्याक निःशुल्क उपलब्ध गराउने ।

    ३. सात वटै प्रदेशका सबैभन्दा धेरै पाठशाला CUG बितरण गर्ने एक एक वटा लेखा कार्यालयहरु र ISSD Billing Team गरी जम्मा ८ वटा कार्यालयहरुलाई कदरपत्र प्रदान गर्ने ।

    ४. प्रदेश नं. १ र मधेश प्रदेशका लेखा कार्यालयहरुबाट गुणात्मक रुपमा सबैभन्दा बढी तराई सिम बितरण गर्ने २ वटा कार्यालयहरुलाई सम्मान सहित कदरपत्र प्रदान गर्ने ।

    ५. Kathmandu Team championship व्याडमिन्टन प्रतियोगितामा प्रथम भई कम्पनीलाई Kathmandu Team championship दिलाउन सफल गराउने सात जना ब्याडमिन्टन खेलाडीहरुलाई नगद पुरस्कार सहित कदरपत्र प्रदान गर्ने ।

    साथै, कम्पनीको १८औ वार्षिकोत्सवको अवसरमा NT Anniversary Offer  उपलब्ध गराइएको छ । यस अन्तर्गत जम्मा रु २९४ मा १० दिनको Validity भएको २० जीबी डाटा, रु ९८ मा ३ दिनको ख्बष्मिष्तथ भएको ६ जीबी डाटा र रु ६९ मा माघ १७ देखि फाल्गुन ३ गते सम्म हरेक दिन एक Mbps डाटा प्रयोग गर्न सकिने छ । आज वार्षिकोत्सवको दिन २४ घण्टाको लागि नेपाल टेलिकमको नेटवर्क भित्र सम्पूर्ण VoLTEकल निशुल्क गरिएको छ ।

    अन्त्यमा,
    आफ्नो अत्यन्त व्यस्तताका बाबजुद यस्तो कठिन समयमा हाम्रो आमन्त्रणलाई स्वीकार गरी यस कार्यक्रमको गरिमा बढाई दिनु भएकोमा प्रमुख अतिथि माननिय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यू लगायत सम्पूर्ण अतिथि महानुभावहरुमा पुनः स्वागत एवं हार्दिक आभार ब्यक्त गर्दछु । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया सम्पन्न भई नसकेको अवस्थामा निमित प्रबन्ध निर्देशकको रुपमा संस्था प्रमुखको जिम्मेबारी बहन गर्न निकै चुनौतीपूर्ण भए तापनि सम्पुर्ण नेपाल टेलिकम परिवार तथा सरोकारवालाहरुको सहयोगले हरेक चुनौतीलाई सामना गर्दै संस्थालाई अगाडि बढाउने मेरो हरसम्भव प्रयत्न रहने छ । कम्पनीको प्रगतिमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने सबै महानुभावहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि यहाँहरुको साथ र सद्भाव प्राप्त भई रहने विश्वासका साथ कम्पनीको प्रगतिका लागि सकारात्मक सुझाव तथा मार्गदर्शनको अपेक्षा गर्दछु ।
    धन्यवाद । (नेपाल टेलिकमको १८ औं वार्षिकोत्सवको अवसरमा निमित्त प्रबन्ध निर्देशकको मन्तब्य)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार