Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अपरिचित नम्बरको त्यो कल…

    अपरिचित नम्बरको त्यो कल…

    निर्मल लामिछाने
  • सोमबार, २४ माघ २०७८
  • 2.9K
    SHARES

    बिहानको समय थियो एक्कासी मोबाइलमा घण्टी बज्यो, सधैँको विहान आलरम बजेपछि ब्युझंने म त्यसदिन मोबाइलको घण्टीले सबेरै ब्युझिंए । सुरुमा त आलरम होला भन्ने सोचेर निन्द्रामै साइड बटन थिचेर कोल्टे फेर्न लाग्दै गर्दा पुन: घण्टी बज्यो, यसो मोबाइल हेरेको नचिनेको नम्बर रहेछ, बिहान बिहानै नचिनेको नम्बरबाट कल आउँदा रिसिभ गरु कि नगरु भन्ने मनमा दुबिधा हुँदाहुँदै कल रिसिभ गरे ।

    प्राय: घरपरिवार र आफन्तहरुको मात्र कल आइरहने मेरो मोबाइलमा एकाबिहानै अझ भनुम झिसमिसे उज्यालो भएको थियो होला सायद बाहिर, त्यतिबेला नयाँ नम्बरबाट फोन आउँदा थोरै मनमा शंका र डर पैदा हुँदै फोन उठाए, उताबाट आवाज आयो आत्तिदै हेल्लो ! हेल्लो !! मैले मसिनो स्वरमा हेल्लो मात्र फर्काए, जवाफमा उनले भनिन् अझै निन्द्रामै हो कि क्या हो ? रिसाएझैँ अलि चर्को स्वरमा बोलिन् र भनिन्, म घरबाट निस्किसके छिटो आउ हिजो वेलुका भनेको ठाउँमा भनेर फोन काटिन् ।



    म अलमलमा परे, सोचे कसले बिहान बिहानै मलाई उल्लु बनाइरहेको छ, यस्तै सोचेर मोबाइलमा फेसबुक चलाउदै थिए । यसपटक कल आएन, म्यासेज आयो, म्यासेजमा लेखिएको थियो, ओइ बादर म कुरिरहेको छु, कहाँ हो के छिटो आउ न, जाडो भइसक्यो मलाई, अहिले कसैले देख्यो भने डर लागिसक्यो । म दङ्ग परे, कसले मलाई फोन र म्यासेज गरेको होला, मेरो यस्तो भन्ने र मलाई यस्तो भन्ने त कोहीपनि थिएन यस्तै कुरा मनमा खेलाउदै थिए पुन: मोबाइलमा घण्टी बज्यो यसपाली फोन आएन मात्र मिस्कल, लगातार दुई तीन चोटी मिस्कल आएपछि मैले को रहेछ, किन रहेछ भन्ने सोचेर फोन गर्ने सोच बनाए ।



    प्राय: मेरो मोबाइलमा व्यालेन्स कम नै हुने गर्थ्यो, किनकी सबैतिर अनलाइन कुरा भइरहने भएर होला मोबाइलबाट गरिने कलको त्यति चासो राख्दिन थिए । फोन गर्दै थिए, मोबाइलमा सधै जसो बज्ने कोरोनाबाट बच्ने उपाय भन्दा पनि उनै टेलिकमको युवतीको पुरानो आवाजमा तपाइसँग प्रयाप्त रकम नभएको उनले खुलासा गरिन् । उताबाट मिस्कल भन्दा नि छोटो रिङ्ग अर्थात् सेकेन्ड जस्तै छोटो लाग्ने मिस्कल एकोहोरो आएको आइ गरेको छ । कोरोना महामारीबाट बच्न भन्दै मोबाइलमा मोबाइल बैङ्किङ्ग चलाउने गरेको यहीबेला काम आयो जस्तो लाग्यो र फटाफट मोबाइलमा १०० को ट्रान्सफर गरे ।

    यतिबेला सम्म मेरो मोबाइलमा लगभग बिस ओटा जति मिस्कल भैसकेको थियो । कल गरे, रिसिभ भएन, फेरि गरे रिसिभ भएन, आफैलाई रिस उठ्यो, र मनमनै सोचे, अघिसम्म एकोहोरो मिस्कल गरिरहने अनि कल गर्दा रिसिभ नगर्ने ? बिहान बिहानै कल गरेर अनेक भनेर अरुलाई डिस्ट्रब गर्ने अनि मैले कल गर्दा यस्तो ? अब अन्तिम कल गर्छु अनि रिसिभ भएन भने कहिले गर्दिन भनेर सोचेको यसपटक रिसिभ गरिन । मैले सोधे हेल्लो हजुर, को बोल्नु भएको होला ? यस्तै सोधे उताबाट आबाज आयो खुस्क्यो कि के हो हजुर नम्बर हेरे भैगो नि को हो भनेर धेरै नाटक गर्नु पर्दैन भन्दै अझै मलाई नै भन्दै थिइन् । मैले भने नम्बर मैले हैन हजुरले हेर्नु त एकपटक कसलाई कल गर्नु भएको कसलाई म्यासेज गरेर भन्नु भएको ? उनले भनिन्,ल ल भयो धेरै नाटक नपार कहाँ आइपुगेउ आऊ छिटो भनिन्, हरे शिब ! के आपत आइलाग्यो नि मलाई भन्दै, म हजुरले भनेको मान्छे होइन, म हजुरलाई चिन्दिन सायद हजुरले गलत नम्बरमा कल गर्नु भयो होला भने ।

    बोल्दाबोल्दै फोन काटियो, फेरि कल गर्न खोजे, उनै टेलिकमको युवतीले मसिनो स्वरमा भनिन् तपाइले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ । खै ! के भयो त्यसपछि कल आएन, कहाँ गैईन होला उनी, उनलाई लिन आउछु भनेर कुराएको मान्छे आयो कि आएन होला ? यस्तै सोच्दै म खाना बनाउदै थिए । पुन: कल आयो उही नम्बरबाट यसपटक फरक स्वर आयो, एकछिन अघिसम्म युवतीले कल गरेको, बोलेको नम्बरमा एक युवकको अवाजमा सरी है ब्रदर, मायाले मलाई भनेर आफुलाई कल, म्यासेज गरेको रहिछिन् । आफुले नराम्रो नासोच्दिम है भन्दै फोन काटियो । अब भने मलाई आनन्द महसुस भयो र बिहान बिहानैको निन्द्रा सम्झे अनि सम्झे मोबाइलबाट कल गर्दा खर्च भएको दश रुपैँयालाई । आजभोली कतै नयाँ नम्बरबाट कल आयो कि दश चोटी सोच्ने गर्छु, कतै कसैले गलत नम्बर डायल गर्दा परेको त छैन मेरै नम्बरमा ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार