Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • यी हुन् मन्त्रिपरिषद बैठकका मुख्य चार निर्णयहरु (सूचीसहित)

    यी हुन् मन्त्रिपरिषद बैठकका मुख्य चार निर्णयहरु (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।



    यस्तै, हिजोको बैठकले फेवातालको जलाधार संरक्षण क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।



    यसैगरी, बैठकले केपी ओलीले नियुक्त गरेका राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारीहरुलाई बर्खास्त गरेको छ।

    सोमबारकै  बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय समेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार