Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विइङ ह्युम्यानका सञ्चालकको अवैध धन्दा: राजश्वले धरौटीमा छाड्यो, औषधि विभागले समात्यो

    विइङ ह्युम्यानका सञ्चालकको अवैध धन्दा: राजश्वले धरौटीमा छाड्यो, औषधि विभागले समात्यो

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतीयहरुसँग मिलेर डेढ करोड बराबरको नक्कली मदिरा बिक्री गरेको आरोपमा पक्राउ परेका विइङ ह्युम्यानका सञ्चालक सन्तोषचन्द्र बख्रेललाई धरौटीमा छाड्न आदेश भएको छ ।

    महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार मंगलबार राजश्व अनुसन्धान विभागले बख्रेललाई १ करोड ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।



    विभागले उनीसँगै पक्राउ परेका रविन पाख्रिनलाई १ करोड ३८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शैलेश पन्त र नारायणप्रसाद घिमिरेलाई चाहिँ ६ लाख रुपैयाँ धरौटी माग गरेको महाशाखा स्रोतको भनाइ छ।



    महाशाखाले गत माघ १६ गते ‘अप्रेशन लिमा’मार्फत् बख्रेलसहित चारै जनालाई पक्राउ गरेको थियो। त्यतिबेला उनीहरुको साथबाट नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का समेत बरामद गरिएको थियो।

    पछि बख्रेलको गोदाममा छापा मारेर प्रहरीले करोडौं राजश्व छलीमार्फत् भित्रिएका गुणस्तरहीन सुर्तिजन्य पदार्थ र कस्मेटिक सामानहरू बरामद गरेको थियो ।

    महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरका अनुसार विभागले धरौटीमा छाड्न आदेश दिएसँगै चारै जनालाई थुनामुक्त गरिएको छ । तर, बख्रेलको हकमा भने औषधि व्यवस्था विभागमा पनि अर्को मुद्दा भएकाले त्यता बुझाइएको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरोसँग संयुक्तरुपमा चलाइएको अपरेशनमा बख्रेलको साथबाट प्रतिबन्धित औषधि पनि बरामद भएको थियो । विभागले बख्रेलविरुद्ध ५ दिन म्याद लिएर अनुसन्धान गरिरहेको कुँवरको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार