Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आज बेलुकासम्म खोपको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    आज बेलुकासम्म खोपको विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई आज बेलुकासम्म विवरण बुझाउन निर्देशन दिएको छ । अनिवार्य रुपमा खोपको विवरण बुझाउन मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

    यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए ।



    तर ६ वटा जिल्ला तथा १ सय ९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि मन्त्रालयले पुनस् सूचना जारी गरेको हो । खोपको मात्राको विवरण नपठाएका निकायलाई आज कार्यालय समयभित्र अनिवार्य रुपमा पठाउन भनिएको छ ।



    खोपको अभिलेख राख्नका लागि गएको माघ १६ गते स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार