Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • टी–२० क्रिकेट श्रृङ्खला : नेपाल र ओमानबीचको खेल आज

    टी–२० क्रिकेट श्रृङ्खला : नेपाल र ओमानबीचको खेल आज

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो ।

    खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो ।



    यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् ।



    आउँदो शुक्रवारदेखि सुरु हुने टी-२० विश्व कप छनोटअघि यसलाई १४ सदस्यीय टोलीमा झार्नुपर्नेछ । सन्दीप लामिछाने कप्तान बनेपछि यो उनको पहिलो खेल पनि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार