Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सरकारद्धारा अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन

काठमाडौं । सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयका राजस्व महाशाखा प्रमुखले नेतृत्व गर्ने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, हाइपर लगायतका डिजिटल नेटवर्किङ जस्ता अवैध कार्यबाट मुलुकको लगानी योग्य पूँजी पालायन भइरहेको ठहर गर्दै मन्त्रालयले यसलाई रोक्न यस्तो कार्यदल गठन गरेको हो ।

कार्यदलको संयोजक राजश्व महाशाखा प्रमुखलाई तोकिएको र सो महाशाखाको नयाँ जिम्मेवारी सहसचिव भूपाल बराल रहेको मन्त्रालयले जनाएको छ ।

कार्यदलको अन्य सदस्यहरुमा सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्रधिकरण र नेपाल प्रहरीका एक(एक जना उच्च अधिकारीहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077