Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आइपिएल २०२२ : सन्दीप लामिछाने ‘अनसोल्ड’

    आइपिएल २०२२ : सन्दीप लामिछाने ‘अनसोल्ड’

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२२ को सिजनका लागि भएको अक्सनमा ‘अनसोल्ड’ भएका छन् ।

    आज भएको अक्सनमा उनलाई कुनै पनि टोलीले बोली लगाएनन् । नेपालबाट १५ खेलाडीले आईपीएलको मेगा अक्सनका लागि रजिष्ट्रर गरेका थिए । त्यसमध्ये सन्दीप मात्र अक्सनका लागि चुनिएका थिए ।



    उनी पछिल्लो तीन सिजन दिल्ली क्यापिटल्ससँग आबद्ध थिए । उनलाई दिल्लीले सन् २०१८ को सिजन २० लाख भारुमा अनुबन्ध गरेको थियो ।



    त्यससँगै उनी आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार