Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिका, यूके र जर्मनीसहितका दर्जनौं देशहरुद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह

    अमेरिका, यूके र जर्मनीसहितका दर्जनौं देशहरुद्वारा आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    एजेन्सी । पश्चिमा राष्ट्रहरूले युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएको अवस्थामा एक दर्जनभन्दा बढी देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेका छन्।

    त्यस्तो आग्रह गर्ने राष्ट्रमा अमेरिका, यूके र जर्मनीसहितका विभिन्न अरू देशहरु रहेका छन् । मस्कोले युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेको छ । तर उसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।



    पछिल्लो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आक्रमणका कारण चुकाउनुपर्ने मूल्यबारे चेतावनी दिएका थिए।



    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आक्रमणको चेतावनीले त्रास बढाउन सक्ने बताउँदै आएका छन्। यसबारे ह्वाइट हाउसले कुनै पनि समय युक्रेनमाथि आक्रमण सुरु हुनसक्ने चेतावनी दिइएको छ । आक्रमण हवाई बम प्रहारबाट सुरु हुनसक्ने अमेरिकी भनाइ छ।

    बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ‘ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा’ रहेको बताएका छन्।

    आफ्नो प्रशासनलाई आक्रमणबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे / नगरेको जानकारी नरहेको तर क्रेमलिनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताए।

    यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए। बीबीसीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार