Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता:

    महाअभियोगबारे एमालेले भन्यो- न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च

    महाअभियोगबारे एमालेले भन्यो- न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च

    स्थानीय चुनाव नगराउने षड्यन्त्र

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको टिप्पणी गरेको छ ।

    एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत महाअभियोगबारे यस्तो टिप्पणी गरेका हुन् ।



    रिजालले महाअभियोग प्रस्तावलाई लिएर तीनबुँदे आरोप लगाएका छन् । रिजालले लेखेका छन्– १. प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ ।

    २. स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । ३. सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार