Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एयरपोर्टमा डलर तस्करलाई कफीसप सञ्चालन गर्न दिंदै मन्त्री आले

    एयरपोर्टमा डलर तस्करलाई कफीसप सञ्चालन गर्न दिंदै मन्त्री आले

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 6.2K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रदिप अधिकारी महानिर्देशक बनेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डलर तस्करको चलखेल बढेको छ । विमानस्थलभित्र स्टे अर्डरका भरमा कफीसप र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका सुवास श्रेष्ठले अन्तर्राष्ट्रिय स्टरायल कक्षमा पुनः कफीसप सञ्चालन गर्न संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग सेटिङ मिलाइसकेका छन् । श्रेष्ठ तिनै ब्यक्ति हुन्, जो सोही कफीसपबाट डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते पक्राउ परेका थिए ।

    बक्यौता नतिर्ने क्यासिनोहरुलाई तुरुन्तै बन्द गरेर कारबाही गरेका मन्त्री आलेले भने विमानस्थलबाटै डलर तस्करीमा मुछिएका श्रेष्ठलाई काखी च्यापेका छन् । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाई प्रभुशमशेरसँग सेटिङ मिलाई स्टे अर्डरको भरमा कफीसप सञ्चालन गर्दै आएका श्रेष्ठलाई मन्त्री आलेले संरक्षण गर्नु भनेको विमानस्थलबाट पुनः डलर तस्करी गर्न सघाउनु रहेको विमास्थलकै कर्मचारीहरु बताउँछन् ।



    पर्यटन मन्त्रालयको बैठकमा पर्यटनसचिव महेश्वर न्यौपानेले स्टे अर्डरका भरमा चलेका कफीसप र पसललाई बन्द गर्नुपर्छ भनेर कुरा उठाउँदा मन्त्री आलेले ‘अहिले केही नगरौं, ६ महिनाजति चल्न दिउँ’ भनेर बैठकमै श्रेष्ठलाई जोगाउने कुरा गरेका थिए ।



    स्रोतका अनुसार मन्त्री आलेले श्रेष्ठसँग करोडौं लाभ लिएको र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पनि श्रेष्ठलाई संरक्षण गरी स्टरायल कक्षमै कफीसप सञ्चालन गर्न दिन लागेका छन् । उक्त कार्यको सम्पूर्ण सेटिङ भने विमानस्थलका महाप्रवन्धक भोला गुरागाईंले गरेका छन् । अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउन आफैले पैसा खर्च गरेर सहयोग गरेको भन्दै उनै डलर कारोबारी श्रेष्ठले आफू निकटस्थहरुलाई बताउन थालेका छन् ।

    क्यासिनोको बक्यौता नतिरेको भन्दै अमेरिकन नागरिकलाई विमानस्थलमै पक्राउ गर्न लगाउने मन्त्री आलेले विमास्थलबाटै डलर तस्करी गर्ने श्रेष्ठलाई भने किन संरक्षण गरिरहेका छन् ? विमानस्थलकै कर्मचारीहरु प्रश्न गर्न थालेका छन् । श्रेष्ठले अन्तर्राष्ट्रिय स्टराइल कक्षमा ठेक्का पारेर लिएको ठाउँ आगोलागी भएपछि नियमविपरित अर्को स्थान विना टेण्डर हडपी कफीसप सञ्चाल गरेर तस्करीको ढोका खोल्न लागेका छन् । विमानस्थल प्रशासनले पनि श्रेष्ठको उक्त गैरकानुनी हर्कतमा सहयोग गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार