Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘भ्यालेन्टाइन डे’लक्षित टेलिकमको ‘डाटा र भ्वाइस प्याक’मा अफरै अफर

    ‘भ्यालेन्टाइन डे’लक्षित टेलिकमको ‘डाटा र भ्वाइस प्याक’मा अफरै अफर

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ ।

    सो अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘ डे कम्बो अफर’ उपलब्ध हुनेछ । *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।



    यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।



    साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु २०० देखि रु ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार