Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आज प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’

    आज प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 3.7K
    SHARES

    प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valntne’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन इटालियन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । प्रेम र मानवताका पुजारी भ्यालेनटाईनले प्रेमको निम्ति मृत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेण्टाईन डे मनाउन सुरु गरिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

    पश्चिमी तथा युरोपेली मुलुकबाट सुरु भएको यस दिवस पछिल्लो समय हाम्रो देश नेपालमा पनि संस्कृतिको रुपमा विकास हुँदै गैरहेको छ । साधारण भाषामा प्रेम भन्ने वितिक्कै माया भन्ने बुझिन्छ । माया भनेकै प्रेम हो र प्रेम भनेकै माया हो । माया र प्रेमको बारेमा जतिनै बर्णन गरेपनि कहिले सकिदैन । प्रेम एक हो जसको रुप हजारौँ हजार हुन्छन, परिवारमा गर्ने प्रेम, साथीभाई, इष्टमित्रहरुमा गरिने प्रेम, प्रेमी-प्रेमिकाहरुमा गरिने प्रेम लगायत अन्य जस्तै: जीवित प्राणीहरुले जीवित प्राणीलाई गर्ने प्रेमको एउटै शब्द हो माया । माया जति बाड्यो उति प्रेम हुन्छ, प्रेम जति धेरै गर्यो उति बढी माया हुन्छ । माया र प्रेमको बिषयलाई लिएर महान् दार्शनिकहरुले धेरै धेरै व्याख्या गरेका छन् । सवैको साब्दिक अर्थ भने माया नै हो एकले अर्को लाई बुझ्ने, साथ दिने, सहयोग दिने आदि……।



    प्रेम त आफ्नै अगाडी छ, जताततै छ, प्रत्येक पाइलापाइलामा प्रेम छ । माटोमा, फूलमा, जुनमा, रुख बिरुवामा जतासुकै प्रेमै प्रेम छ । वास्तमा प्रेम अनुभव गर्ने कुरा हो, आफैले आफैले बझ्ने पनि प्रेम हो ।  नाममा प्रेमिल जोडीहरुको हाम्ले थुप्रै कथा र कहानीहरु सुनेका पढेका छौं ।  नेपाली मुनामदनको कहानी, रोमियोजुलियटको कथा र अन्य थुप्रै प्रेम कहानीहरु । प्रेम अथाह हुन्छ, यो न दिएर सकिन्छ, न लिएर सकिन्छ । धन कमाउने मानिस प्रेमको गरिब हुन सक्छ तर गरिब कहिले प्रेमले गरिब हुन सक्दैन । प्रेमले गरिबको झुपडीलाई पनि सुन्दर महल बनाईदिन्छ । तसर्थ प्रेम अथाह छ ।



    पृथ्वीमा प्रेमबाट प्रभावित नभएको मानिस अर्थात् मानव हृदय सायदै कम होला । प्रेम अमर छ, प्रेम अज्ञान हुन्छ । प्रेम न कहिले नयाँ हुन्छ न त पुरानो नै, जुनी जुनी गरेपनि लगाएपनि प्रेम कहिले मर्दैन । ठाउँ र परिवेश अनुसार फरक हुन सक्ला तर अर्थ एउटै हो माया माया ।

    नेपालमा पनि यो दिवस मनाउन थलिएको धेरै बर्ष भइ सक्यो, आजभोली त भ्यालेण्टाईन डे आउन भन्दा एक हप्ता अगाडी देखि प्रेमीप्रेमिका, युवायुवतीहरु रोज डे, हग डे, प्रपोज डे र किस डे भन्दै मनाउन थाल्ने गर्छन । आजभोली यस दिवसलाई एक उत्सवको रुपमा समेत लिने गरेको पाइन्छ । युवायुबतीहरुमा उक्त दिन प्रेम प्रस्ताव राख्ने चलन समेत रहेको पाइन्छ । कतिपय कलेज तथा स्कुलहरुले उक्त दिवसका दिन प्रेमपत्र बाचन तथा लेखन प्रतियोगितासम्म संचालन गरेर यस दिवसलाई प्राथमिकता दिँदै आइरहेको पाइन्छ ।

    पश्चिमी देशहरुमा विवाहित प्रेमी प्रेमिका वा प्रेम सम्बन्धमा रहेका युवायुबतीहरु एक आपसमा आफ्ना भावनाहरु साट्ने दिन समेत भनेर यस दिवसलाई महत्व दिएको पाइन्छ । यसैदिन एकले अर्कालाई पत्र वा उपहार पठाउने, गुलाबको फुल दिने, कुराकानी गर्ने, लेट नाइट डिनर गर्ने, डेटिङ्ग जाने गरेर यो पर्वलाई मनाउने गर्दछन् ।

    यो पर्व वा दिवसमा गुलाफको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विशेष गरी युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ । प्रत्येक वर्ष यो पर्व वा दिन नेपालमा मात्र ५,००,००० गुलाफ को बिक्री हुने गर्दछ ।

    पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ सच्चा प्रेममा । विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो ।

    तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेक छ । एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न अ फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ । विपरित लिङ्गप्रतिको आकर्षण शास्वत प्राकृतिक नियम हो तर यो प्रेम होइन । निश्चित उमेरसंगै यस्तो आकर्षण प्रकृतिका हरेक जीवित प्राणीहरुमा अनवरत रहिरहने छ । मान्छे चेतनशील प्राणी हो, बिपरित लिङ्गप्रतिको प्राकृतिक आकर्षणसँगसँगै प्रेमभाव हुने गर्दछ । मनले देखेको प्रेम र आँखाले देख्ने प्रेम फरक पाइन्छ। मनको प्रेम दीर्घकालीन हुन्छ भने आँको प्रेम क्षणिक हुने गछ । प्रेम मनका सारा अध्याराहरुलाई हटाएर मनलाई उज्यलो छर्ने दीप हो । प्रेम सुन्दरताको पर्यावाची शब्द हो ।

    प्रणय दिवसको शुभकामना सबैलाई ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार