Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने

    एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने तयारी गरेको छ ।

    न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।



    सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएसँगै त्यसलाई काउन्टर दिन उनीहरूमाथि महाअभियोग लगाउने तयारी थालिएको छ ।



    महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धनका सांसदहरुले हिजो प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार